ad ad

कारोबार


तीन क्यामेरायुक्त नोकिया ३.४ सार्वजनिक, मूल्य १८ हजार ६९९ रुपैयाँ

तीन क्यामेरायुक्त नोकिया ३.४ सार्वजनिक, मूल्य १८ हजार ६९९ रुपैयाँ

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:०,

नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले नोकिया ३.४ नयाँ स्मार्टफोन ल्याएको छ।

लामो समयदेखि प्रतीक्षा गरिएको नोकिया ३.४ एक शक्तिशाली प्रोसेसरको साथ सबैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफार्मयुक्त स्मार्टफोन सार्वजनिक भएको हो।

फोनमा पञ्च—होल डिस्प्लेको साथ अल्ट्रा—वाइड लेन्स र एआई इमेजिंगको साथ यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा छ। यो अतिरिक्त स्क्रिन रियल स्टेटसँग जोडिएको छ।

नोकिया ३.४ एन्ड्रोइड वनको साथ यसमा तीन वर्षको मासिक सेक्यूरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड छ। यो फोनलाई प्रिमियम, टाइमलेस डिजाइनको साथ स्टनिङ नोर्डिक प्रेरित इरिडसेन्ट रंगले समेटेको छ।

पछिल्लो जेनेरेसनको तुलनामा ७० प्रतिशत प्रदर्शन अपग्रेडको लागि नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफर्म रहेको छ। त्यस्तै प्रभावशाली ६.३९ इन्च एचडी प्लस स्क्रिनको साथमा पंच—होल डिस्प्लेले अधिक स्क्रीन रियल इस्टेट पनि दिने कम्पनीको दाबी छ।

सुपर पावर्ड तस्बिर र लामो समय टिक्ने ब्याट्री
नोकिया ३.४ को ट्रिपल क्यामेरा एआई इमेजिंगको साथ राम्रो फोटो लिन सकिनेछ। पोट्रेट मोडको कलात्मक पृष्ठभूमि ब्लर इफेक्टले फोकस एडजस्ट गर्ने अनुमति दिन्छ। जसको साथ एक प्रो जस्तै तस्बिर खिच्न सकिन्छ । नाइट मोडको शक्तिशाली छवि फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्न सकिन्छ। साथै, ५ एमपी अल्ट्रा—वाइड क्यामेराको साथ एक शटमा अधिक अटाउन सक्छ।

नोकिया ३.४ ले तपाईंलाई राम्रो प्रदर्शन दिने दाबी गरिएको छ। यसमा दुई दिनसम्म टिक्ने ४००० एमएएच ब्याट्री रहेको छ। यसमा थ्रीडी नानो—टेक्स्चर्ड रियर कभर हातमा सुरक्षित रूपले बस्छ र यसको स्टनिंग फिनिश छ। एक नयाँ रंग प्यालेट रहेको नोकिया ३.४ ग्रे रंगमा आउँछ। साथै, यसमा पूर्ण रीसायकल योग्य डाई—कास्ट धातु चेसिस र सिमलेस टिकाउ संरचना छ।

एन्ड्रोइड वनको एक हिस्साको रुपमा नोकिया ३.४ एक सुव्यवस्थित इन्टरफेस र विना कुनै ब्लोटवेयरका साथ एक शुद्ध सफ्टवेयर अनुभव प्रदान गर्न सकिने कम्पनीले जनाएको छ। एन्ड्रोइड १० मा तीन वर्षसम्मको मासिक सेक्यूरिटी अपडेटको र दुई वर्षको सफ्टवेयर अपग्रेड हुनेछ।

मूल्य र उपलब्धता
नोकिया ३.४ देशभर २२ नोभेम्बर (७ मंसिर) देखि उपलब्ध हुनेछ। यो ग्रे रंगमा ३जीबी+६४जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको साथ १८ हजार ६९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .