ad ad

कारोबार


शाओमी फेरि बन्यो नेपालको नम्बर १ स्मार्टफोन ब्रान्ड

शाओमी फेरि बन्यो नेपालको नम्बर १ स्मार्टफोन ब्रान्ड

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:१५,

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ।

सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ।

हाल युनिट शिपमेन्टमा आधारित ३४.१ प्रतिशत बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ।

शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा प्रसन्न छौं। हामी मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि आभारी छौं र यसले हामीलाई सबैको लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको छ।’

कम्पनीका उत्पादनहरू, व्यवसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनतामार्फत प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने प्रतिबद्धतातिर काम गर्न जारी राख्ने उनले बताए।

ब्राण्डले विभिन्न मुल्य विन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु — रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ।

शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसंग काम गरिरहेकी छ जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु¥याइरहेको छ। अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १६००ं भन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ।

कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ। उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउस मार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .