ad ad

राजनीति


बालुवाटारमा ओलीसहित ६ जनाको छुट्टै बैठक

बालुवाटारमा ओलीसहित ६ जनाको छुट्टै बैठक

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १४:३४,

नेकपा सचिवालयको औपचारिक बैठक सकिएलगत्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच जना नेतासँग अलग्गै छलफल गरेका छन्।

औपचारिक बैठक सकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट बाहिरिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टै छलफल गरेका हुन्।

सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला शुक्रबार साढे ४ बजे बसेको सचिवालयको औपचारिक बैठक आधा घण्टामै सकिएको थियो।

सचिवालयको औपचारिक बैठकमा अध्यक्ष ओली र प्रचण्डमात्र बोलेका थिए भने अहिले देखिएको संकट समाधानका लागि प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदन सबै सदस्यलाई बाँडिएको छ।

अर्को बैठक मंसिर ३ गते बस्ने गरी आजको बैठक टुंगिएपछि ओलीसहित ६ जनाले अनौपचारिक छलफल गरेका सचिवालयका एक सदस्यले बताए। मन्त्रीद्वय पोखरेल र थापा साँझ अबेरसम्म पनि बालुवाटारमै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .