ad ad

राजनीति


संसदीय सुनुवाई: खतिवडा, रेग्मी र विश्वकर्मा राजदूत अनुमोदित

संसदीय सुनुवाई: खतिवडा, रेग्मी र विश्वकर्मा राजदूत अनुमोदित

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ०:४०,

संघीय संसदको संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत) र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुुमोदन गरेको छ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहीबार बसेको बैठकले तीन देशका राजदूतको नाम अनुुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डा. निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरीे अनुुमोदनका लागि समितिमा पठाएको थियो।

बैठकमा प्रस्तावित राजदूतत्रयले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

राजदूूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशा व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुु¥याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गरेका छन्।

प्रस्तावित राजदूत डा.खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुूरीकर्ता भने समितिसमक्ष उपस्थित भएन्न।

बैठकमा समितिका सदस्यले प्रस्तावित राजदूतविरुद्ध परेका उजुुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्न सुुझाव दिएका छन्। प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .