ad ad

राजनीति


अर्मिनिया र अजरबैजानबीच सम्झौता हुनासाथ नागोर्नो-काराबाख क्षेत्रमा रुसले खटायो सयौं शान्ति सेना

अर्मिनिया र अजरबैजानबीच सम्झौता हुनासाथ नागोर्नो-काराबाख क्षेत्रमा रुसले खटायो सयौं शान्ति सेना

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार २३:१२,

अर्मिनिया र अजरबैजानबीच शान्ति सम्झौता हुनासाथ रुसले नागोर्नो र काराबाखका विवादित क्षेत्रमा सयौं शान्ति सेना खटाएको छ।

गत सेप्टेम्बरदेखि युद्धरत अर्मिनिया र अजरबैजानबीच सोमबारदुवै देशबीच शान्ति सम्झौता गराउन रुस सफल भएको हाे।

नागाेर्नाे-काराबाख क्षेत्र अन्तर्राष्ट्रिय हिसाबले अजरबैजानकाे भाग मानिन्छ। तर सन् १९९४ बाट त्याे क्षेत्रमा बसाेबास गर्ने अर्मिनियालीकाे कब्जामा छ।

रुसकाे मध्यस्थतामा गराइएकाे शान्ति सम्झाैताका कारण अजरबैजानमा खुसियाली छाएकाे छ तर अर्मिनियाका केही मानिसले भने असन्तुष्टि प्रकट गरेका छन्। 

शान्ति सम्झाैताकाे सर्तअनुसार उक्त क्षेत्रमा अजरबैजानले त्याे क्षेत्रमा आफ्नो अधिकार राख्न सक्छ जुन क्षेत्र लडाइँका क्रममा उसले अर्मिनियाँबाट खाेसेकाे छ।

'अजरबैजानको जित र अर्मिनियाकाे हार'
साथै अर्मिनिया सरकार आगामी केही हप्ताभित्र आसपासका अन्य धेरै क्षेत्रबाट पछाडि हट्न सहमत भएको छ।

अजरबैजानको राजधानी बाकुमा रहेका बीबीसी संवाददाता ओर्ला गुइरिन भन्छन, 'समग्रमा यो सम्झौता अजरबैजानको विजय र आर्मेनियाको पराजय हो।'

यो सम्झौताबाट निराश अर्मिनियाका नागरिक सडक प्रदर्शनमा उत्रिएका छन्।

केही आन्दोलनकारीले सरकारी भवनमा क्षति पुर्‍याएका छन् र प्रधानमन्त्री निकोल पसियनानकाे राजीनामा माग गरेका छन्।

karabakh

सम्झौता कसरी भयाे?
शान्ति सम्झौतामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ र अर्मिनियाका प्रधानमन्त्री निकोल पसिन्यानले हस्ताक्षर गरेका छन्। स्थानीय समयअनुसार मंगलवार राति १ बजेदेखि यो सम्झौता लागू भएको छ।

सम्झौतामा हस्ताक्षर भएपछि रुसका राष्ट्रपति पुटिनले टिभीमा सम्बोधन गर्दै भनेका थिए- रुसका शान्ति सेनालाई अगाडि लाइनमा गस्तीका लागि तैनाथ गरिनेछ जसले गर्दा दुई देशबीच झगडा नहोस्।

साेहीबमाेजिम रुसी शान्ति सेनाका केही सेनालाई मंगलबार उल्यानोवस्कको एउटा एयरबेसमार्फत नागोर्नाे र काराबाख क्षेत्रमा पठाइएको उनले जानकारी दिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .