ad ad

राजनीति


भारतीय रक्षामन्त्री सिंहले सैनिक जवानसँगै सिक्किममा दसैं मनाउने

भारतीय रक्षामन्त्री सिंहले सैनिक जवानसँगै सिक्किममा दसैं मनाउने

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ३:१३,

दार्जिलिङ-सिक्किमको दुइदिने भ्रमणमा आएका भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज (आइतबार) सिक्किममा सेनाका जवानहरूसँग दशैँ मनाउँदै छन्।

यस अवसरमा उनले चीनको सीमास्थित नथुला पासनजिक शेरथाङमा शस्त्र पूजा गर्ने कार्यक्रम पनि रहेको स्रोतले जनाएको छ।

प्राप्त जानकारीका अनुसार रक्षामन्त्री सिंहले सीमा क्षेत्रको भ्रमण पनि गर्नेछन्। यसअवधि उनले जवानहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

शनिबार अपराह्न दार्जीलिङको सुकनास्थित सैनिक छाउनीमा आइपुगेका सिंहले भी कर्प्स मुख्यालयमा भारतीय सेनाका जवानहरूसँग भेटघाट तथा तयारी समीक्षा गरेका थिए। त्यस अवसरमा उनले सैनिक जवानहरूलाई सम्बोधन पनि गरेका थिए।

भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगै सेना प्रमुख मनोज मुकुन्द नरवाने पनि सिक्किम आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .