ad ad

राजनीति


पक्षघातले गम्भीर बिरामी परेका सांसद पासवानको स्वास्थ्य अवस्था सुधारोन्मुख

पक्षघातले गम्भीर बिरामी परेका सांसद पासवानको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ४:१७,

पक्षघातबाट गम्भीर बिरामी परेका राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।

शनिबार दिउँसो सर्लाहीमा एक्कासि बेहोस भएपछि उनलाई उपचारका लागि हिजै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनी नेकपाबाट निर्वाचित राष्ट्रियसभाका सांसद हुन्।

बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएका पासवानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलघ्न चिकित्सकले बताएका छन्। ‘चिकित्सकले उहाँको ब्रेनको नसामा रगत जमेको जानकारी गराएका छन्,’ नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका सचिव कमल बुढाथोकीले भने, ‘अवस्था सुधारोन्मुख छ। उहाँ खतरामुक्त हुनुहुन्छ।’

नसामा जमेको रगत औषधिले पनि फाट्न सक्ने उनले बताए। ‘यदि औषधिले जमेको रगत नफाटे अप्रेसन गर्नुपर्ने हुन्छ,’ चिकित्सकसँग नियमित सम्पर्कमा रहेको नेता बुढाथोकीले नेपालखबरसँग भने, ‘त्यसको लागि एक-दुई दिन पर्खनुपर्ने चिकित्सकले बताएका छन्।’

सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएका थिए।

उनलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको थियो। उनको शरीरका देब्रे अंगमा प्यारालाइसिसको समस्या देखिएको छ।

 यो पनि सांसद राधेश्याम पासवान गम्भीर बिरामी, हेलिकप्टरमार्फत काठमाडौं लगियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .