ad ad

राजनीति


डा. केसीको जीवन रक्षाका लागि ४६ कानुन व्यवसायीको अपिल

डा. केसीको जीवन रक्षाका लागि ४६ कानुन व्यवसायीको अपिल

नेपालखबर
असोज २२, २०७७ बिहिबार १४:३३,

४६ जना कानुन व्यवसायीहरुले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि पहल गर्न सरकारसँग अपिल गरेका छन्।

अधिवक्ताहरु रमेश धमला, डिल्लीराम गिरी, वशन्ती कुमारी सिंह शाही लगायतका कानुन व्यवसायीहरुले बिहीबार संयुक्त अपिल प्रकाशित गरी डा. केसीको जीवन रक्षाको माग गरेका हुन्।

चिकित्सा शिक्षामा सुधारको माग राखी २४ दिनदेखि अनसनरत डा. केसीका मागबारे उनका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आजदेखि वार्ता प्रारम्भ भएको छ।

कानुन व्यवसायीहरुको अपिलमा डा. केसीको शारीरिक अबस्था अति कमजोर भएको र कुनै पनि समय ज्यान जोखिममा रहेको भन्दै यस दुखद परिस्थितीप्रति सचेत, जिम्मेवार र इमान्दार हुन नेपाल सरकारसँग आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .