पुटिनको जन्मदिनको अवसर पारेरै रुसले बुधबार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको रोयटर्सले जनाएको छ।
बारेन्ट्स समुद्रमा सिरकोन हाइपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको रुसी अधिकारीहरुले बताएका छन्।
हाइपरसोनिक क्षेप्यास्त्र शक्तिशाली हतियार हो। यस क्षेप्यास्त्रले प्रतिघण्टा ६ हजार ११५ किलोमिटरको दुरी पार गर्नसक्छ।
पुटिनले आर्कटिक क्षेत्रमा रुसी सैन्य उपस्थिति बढाउने वाचा गरेको समयमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको हो।
3
Shares
प्रतिक्रिया