‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ। चर्चित गीतकार तथा संगीतकार सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’ वोलको गीत सार्वजनिक भएको हो।
गीतमा कल्चरल तथा चर्चित गीत ‘फूल जस्तै’ का गायक बल बहादुर गुरुङ (बिबि) र गायिका मनमाया वाईवाको सुमधुर स्वर रहेको छ। यो गीत बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो।
कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वार दिएका छन्। गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई सुमन रानाले टेक लिएका हुन् भने मास्टरिङ तथा मिक्सिङ कुमार रानाले गरेका हुन्।
‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन्। जसमा निर्देशक मौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन्। हिमालीले अघिल्लो गीत ‘फूल जस्तै’मा पनि निकै उत्कृष्ट निर्देशन गरेका थिए।
निर्देशक हिमालीले मोडलद्वाय निर आले र रुबिना अधिकारीलाई छमछमी नचाएका छन्।
म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन्।
प्रतिक्रिया