ad ad

राजनीति


विकास साझेदारहरुसँग मुख्यमन्त्री पोखरेलकाे भनाइ : प्रदेश सरकार देखिने र भेटिने अवस्थामा पुगेको छ

विकास साझेदारहरुसँग मुख्यमन्त्री पोखरेलकाे भनाइ : प्रदेश सरकार देखिने र भेटिने अवस्थामा पुगेको छ

नेपालखबर
असोज १४, २०७७ बुधबार १२:३७,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुअल बैठक गरेका छन्।

प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसँगको सहकार्य बढाउने उद्देश्यले आयोजित भर्चुअल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार बैठकमा मुख्यमन्त्रीले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताएका थिए।

उनले प्रदेशको आवधिक योजनाअनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पुर्‍याउने कार्य चुनौतीपूर्ण रहेको र त्यो पूरा गर्न र विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने विश्वास व्यक्त गरेका छन्।

स्थापनाको छोटो समयमै प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउँदै मुख्यमन्त्रीले सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताएका थिए।

बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, संभावना र अवसरका बारेमा प्रस्तुती गरेका थिए।

केसीका अनुसार बैठकमा सहभागी विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकी आवासीय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी थिए।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव तोयानारायण ज्ञवाली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, योजना आयोगका सदस्यहरु र प्रदेश सरकारका मन्त्रालयका सचिवहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .