ad ad

राजनीति


बाबरी मस्जिद विध्वंश काण्डमा आरोपित विजेपी नेतासहित सबै ३२ जनाले २८ वर्षपछि पाए अदालतबाट सफाइ

बाबरी मस्जिद विध्वंश काण्डमा आरोपित विजेपी नेतासहित सबै ३२ जनाले २८ वर्षपछि पाए अदालतबाट सफाइ

नेपालखबर
असोज १४, २०७७ बुधबार ८:२३,

भारतको विशेष अदालतले बाबरी मस्जिद विध्वंस काण्डमा आरोपित वीजेपी नेतालगायत सबै ३२ जनालाई निर्दोष सावित गरेको छ।

लखनउस्थित सो केन्द्रीय ब्युरोले बुधबार वीजेपीका वरिष्ठ नेताहरु एलके आडवाणी र मुरली मनोहर जोशीलगायत ३२ जना आरोपितलाई सफाइ दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आडवाणी र जोशीले सो फैसलाको स्वागत गरेका छन्।

अदालतले आरोपितहरुबिरुद्ध प्रमाण नपुगेका कारण उनीहरुलाई सफाइ दिएको जनाएको छ।

त्यसैगरी विशेष अदालतले सो विध्वंश योजनाबद्धरुपमा नगरिएको समेत बताएको छ।

सन् १९९२ को डिसेम्बर २ मा अयोध्यास्थित बाबर मस्जिदलाई एउटा ठूलो भीडले भत्काएपछि भारतभर हिन्दू–मुश्लिम दंगा फैलिएको थियो।

गत कार्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको थियो। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको थियो।

सर्वोच्चले मुस्लिमहरुलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ।

३ महिनाभित्र ट्रस्ट बनाएर त्यसमार्फत राममन्दिर निर्माण गराउनुपर्ने आदेश सर्वोच्चले दिएको छ।

याे पनि: 
अयोध्या फैसला: विवादित जमिन राम मन्दिरको, बाबरी मस्जिद सार्न आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .