ad ad

समाज


अध्ययन भन्छः भारतमा ६ कोरोड नागरिकलाई कोरोना संक्रमण भएको हुनसक्छ

अध्ययन भन्छः भारतमा ६ कोरोड नागरिकलाई कोरोना संक्रमण भएको हुनसक्छ

नेपालखबर
असोज १४, २०७७ बुधबार ८:१४,

बुधबारको तथ्यांकअनुसार भारतमा ६२ लाख २९ हजारमा कोरोना पुष्टि भइसकेको छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा ७४ लाख ६ हजारमा कोरोना पुष्टि भएको छ।

सन् २०१८ को जनगणना अनुसार भारतको जनसंख्या एक अर्ब ३५ करोड हो। अमेरिकाको जनसंख्या भारतको भन्दा निकै कम छ। सन् २०१९ को तथ्यांकअनुसार अमेरिकामा ३२ करोड ८२ लाख मानिस छन्।

अमेरिकाले आफूले तिव्र गतिमा कोरोना परीक्षण गरेकाले यहाँ धेरै संक्रमित देखिएको बताउँदै आएको छ। यसबीचमा भारतमा कोरोना संक्रमित आंकलन गर्न राष्ट्रिय सर्वेक्षण गरिएको थियो।

सर्वेक्षणले भारतमा हाल ६ करोडभन्दा बढीमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले २९ हजार व्यक्तिमा गरेको सर्वेक्षणमा ७ सय गाउँ र वडा समेटिएका थिए।

सर्वेक्षणमा १५ व्यक्तिमध्ये दश वर्ष भन्दामाथिका प्रत्येक एकमा कोरोनाको एन्टीबडी देखिएको उल्लेख गरिएको छ।

गत अगष्टको मध्यबाट सेप्टेम्बरको मध्य समयसम्म अनुसन्धान गरिएको थियो। भारतमा ९६६ मिलियन मानिसहरु दशवर्ष वा सोभन्दा माथिका उमेरको भएको बताइएको छ।

हाल विश्वभर ३ करोड ३८ लाख ७२ हजारमा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १० लाख १३ हजारको मृत्यु भइसक्दा २ करोड ५१ लाख ६९ हजार उपचारपछि स्वस्थ बनेका छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .