नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति दिलाउन जनदबाबस्वरूप सोमबार रातिदेखि हरेक दिन ५ मिनेट बत्ती निभाउन कलाकार दीपकराज गिरीले सबैमा आग्रह गरेका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै कलाकार गिरीले ४ वर्षे कार्यकाल पूरा गरी आइतबार मात्र पदमुक्त भएका घिसिङलाई पुनः पदमा बहाली गराउन हरेक राति ८ बजे ५ मिनेट बत्ती निभाएर दबाब दिन आम नागरिकमा अपिल गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय साथीहरू ! कुलमानजीको पुनःनियुक्तिका लागि जनदबाबस्वरूप आजबाट हरेक साँझ ८ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौँ।’
सोमबार बिहान यस्तो स्टाटस लेखेका कलाकार गिरीले राति बत्ती निभाएर मैनबत्ती बालेको तस्बिर राख्दै फेसबुकमा पुन: लेखेका छन्- गुडनाइट फ्रेन्ड्स।
प्रतिक्रिया