ad ad

राजनीति


सरकारले खुलायो कृषियोग्य जग्गाको कित्ताकाट

सरकारले खुलायो कृषियोग्य जग्गाको कित्ताकाट

नेपालखबर
भदौ २२, २०७७ सोमबार ७:४,

सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको हो।

‘भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेका छौं,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नेपालखबरसँग भने।

मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावलि बनाई मन्त्रिपरिषदमा पेश गरेको छ जुन पारित हुन भने बाँकी छ।

सो नियमावलीमा जग्गाकाे बर्गिकरण गरी सोअनुसार प्रयोग गर्ने प्रस्ताव तयार पारिएको छ। तर, सो पारित हुनुअघि नै मन्त्रिस्तरको निर्णयबाट मन्त्रालयले कित्ताकाट खुला गरेको छ।

हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

सो निर्णय ‘विभागमार्फत् मातहत कार्यालयहरुमा निर्देशन दिने’ भनी मन्त्रिस्तरबाट भदौ १८ मा निर्णय भएको समेत शाखा अधिकृत लक्ष्मणबहादुर कठायतद्वारा जारी सो सूचनामा भनिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .