ad ad

राजनीति


बालुवाटारमा ओली–प्रचण्ड भेट

बालुवाटारमा ओली–प्रचण्ड भेट

नेपालखबर
भदौ २२, २०७७ सोमबार ४:५८,

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ।

नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको छ–सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदन, मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भैरहेको स्रोतले बतायो।

आइतबार हुने भनिएको भेट आज (सोमबार) भएको हो। शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

उनीहरुले पनि कार्यदलको प्रतिवेदनमा सहमती लगायतका विषयमा छलफल गरेका थिए।

सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए।

याे पनि: 
कार्यदलसँग प्रचण्डको भनाइ : प्रतिवेदनले पार्टी सञ्चालनमा कार्यकारीको भूमिका स्पष्ट पारेन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .