ad ad

राजनीति


चीनसँग विश्वकै ठूलो नौसेना छ, सैन्य अड्डा धेरै देशमा खडा गर्न चाहन्छः पेन्टागन

चीनसँग विश्वकै ठूलो नौसेना छ, सैन्य अड्डा धेरै देशमा खडा गर्न चाहन्छः पेन्टागन

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १०:१७,

अमेरिकी रक्षामन्त्रालय पेन्टागनको उक्त प्रतिवेदनमा चीनले आफ्नो सैन्य अड्डा विश्वका दर्जनौं देशमा खडा गर्च चाहेको पनि उल्लेख गरिएको छ।

पेन्टागनका अनुसार चीनले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियाजस्ता देशहरुमा सैन्य अड्डा बनाउने प्रयास गरिरहेको छ।

चीनले आफ्नो राणनीतिक स्थितिमा पहुँच मजबुत बनाउन आक्रमक रुपमा नयाँ सैन्य अड्डा स्थापना गर्ने ठाउ खोजिरहेको प्रतिवेदनमा जनाइएको टाइम्स अफ इन्डियाले जनाएको छ।

रिपोर्टअनुसार चीन इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ सैन्य अड्डा विकास गर्न चाहन्छ। पेन्टागनले बताएअनुसार चीनले परमाणु हतियारको संख्या आगामी वर्षहरुमा दोब्बर बनाउने लक्ष्य पनि बनाएको छ।

पेन्टागनको यस प्रतिवेदन अमेरिकी संसदमा पेश भएको बताइएको छ। यद्यपी चीनले यस प्रतिवेदन पूर्वग्राही भएको टिप्पणी गरेको छ।

चिनियाँ नौसेनाको पहुँच भारतको समुद्री क्षेत्रसम्म भएकाले भारत चनाखो हुनुपर्ने भनाइहरु पनि सार्वजनिक भएका छन्।

गतवर्ष भारतीय नौसेनका प्रमुख एडमिरल कर्मबीर सिंहले हिन्द महासागरमा चीनको बढ्दो प्रभावको विषयमा चिन्ता व्यक्ति गरेका थिए।

उनले भनेका थिए,‘चिनियाँ जनमुक्ति सेनाले आफ्नो नौसेनामा ठूलो लगानी गरेको जसको पछाडि विश्वको शक्ति बन्ने चाहना छ।’

कर्मबीरले चिनियाँ नौसेनाको सामना गर्न भारतीय नौसेनाहरु तयार हुनुपर्ने बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .