नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको खोजी गरिरहेका प्रहरीहरुले उनी नियमित जगिङमा जाने जंगलमा एउटा शव फेला पारेका छन्।
जंगलमा भेटिएको शवको औपचारिक पहिचान भइनसकेको तर मोरिसको परिवारलाई यसबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
६ मेका दिन ह्यामसायरको बेन्टलेस्थित आफ्नो घरबाट दौडिन निस्केका मोरिस बेपत्ता भएका थिए।
सो घटनालाई शंकास्पद रुपले नहेरिएको प्रहरीको भनाइ छ।
मोरिस सन् २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालका राजदूत थिए। एजेन्सी
प्रतिक्रिया