ad ad

राजनीति


नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ८:२८,

सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ।

सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएकाे छ।

‘भोलिको लागी तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले नेपालखबरसँग भने। बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई शुक्रबार दिइएको हो।

दुई अध्यक्षद्वारा गठन गरी पछि सचिवालयले अनुमोदन गरेको कार्यदलले दिएको प्रतिवेदनसँगै पार्टीमा गहिरिएको विवाद साम्य भएर सचिवालय बैठक बस्न लागेको अनुमान भइरहेका बेला शनिबारको बैठक पनि स्थगित भएको छ।

६-सदस्यीय कार्यदलले दिएको सुझावलाई दुई अध्यक्षले आवश्यक ठाने परिमार्जन गरी सो प्रतिवेदनलाई सचिवालय र स्थायी कमिटी बैठकमा समेत पेश गर्ने र त्यहाँ छलफल हुने बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .