ad ad

राजनीति


कोरोना उपचारको कोष जुटाउन अनावश्यक खर्च कटौती गरः केसी

कोरोना उपचारको कोष जुटाउन अनावश्यक खर्च कटौती गरः केसी

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १०:१९,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कोष जुटाउन अनावश्यक खर्च कटौतीका लागि सरकारलाई सुझाव दिएका छन्।

प्रादेशिक संरचनामा राज्यको ढुकुटीबाट अनावश्यक खर्च भइरहेको उल्लेख गर्दै केसीले ती संरचना खारेज गरी कोरोना कोष खडा गर्न आग्रह गरेका हुन्।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी केसीले प्रादेशिक संरचना, राजनीतिक नियुक्ति, दुवै तहका संसद, अन्य प्रशासनिक क्षेत्र, अनियमितता र अपव्यय भैरहेका सबै खर्चहरुमा समेत कटौति गर्न जोड दिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय निकाय, गाउँपालिका तथा नगरपालिकाहरुका करारमा नियुक्तभई कार्यरत रहेका कर्मचारीहरुलाई हटाउन भनी गरेको निर्देशन सहितको परिपत्रबारे ध्यानाकर्षित भएको उल्लेख गर्दै केसीले स्थानीय तहहरुको अवस्थाअनुसार करारमा कर्मचारी राख्नुपर्ने आवश्यकता र औचित्य हेरेर मात्रै निर्णय गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

सरकारले स्थायी कर्मचारी नपठाएका कारणले स्थानीय तहहरुले आफ्नो आवश्यकता अनुसार करारमा नियुक्ति गरेका कर्मचारीहरुलाई हटाउनु सहि नहुने तर, स्थायी कर्मचारी पठाईसकेपछि पनि स्थानीय तहहरुले पहिले करारमा नियुक्त गरेका कर्मचारीहरुलाई हटाउने काम नगरेको भए तुरुन्त हटाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .