ad ad

राजनीति


प्रधानमन्त्रीका सल्लाहकारको दाबी : नेकपामा बँचेखुचेका असन्तुष्टिको अन्त्य

प्रधानमन्त्रीका सल्लाहकारको दाबी : नेकपामा बँचेखुचेका असन्तुष्टिको अन्त्य

नेपालखबर
भदौ २, २०७७ मंगलबार ५:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाका नेताहरुमा अब असन्तुष्टिको अन्त्य भएको दाबी गरेका छन्।

उनले गतसाता भूषण दाहालसँगको टेलिभिजन टक–शोमा प्रधानमन्त्री ओलीले पाँच दिनमा नेकपाको सिनारियो (परिदृष्य) मा पुरै परिवर्तन आउने भनी घोषणा गरेअनुसार नै भएको थापाले दाबी गरेका छन्।

‘दुई अध्यक्षबीच ९ दिन लामो संवादहीनतामा आइसब्रेक, ६–सदस्यीय कार्यदल गठन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय समकक्षीसँग ४ महिनापछि अगस्ट १५ को संवाद र सचिवालयबाट बँचेखुचेका असन्तुष्टिसमेत अन्त्य।’

नेकपामा चार महिनादेखि चुलिएको विवाद त्यसका समाधानका उपायको एउटा खाका तयार पार्न गत शुक्रबार एक कार्यदल गठन भएसँगै केहि मत्थर भएको देखिन्छ।
तर, कार्यदल गठनबारे पनि बिभिन्न नेताहरुका फरकफरक धारणा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकार थापाले भने अब नेताहरुबीच कुनै असन्तुष्टि नै नरहेको दाबी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .