ad ad

राजनीति


ओलीलाई प्रचण्डको प्रश्नः लगानी बोर्डमा विवादित व्यक्ति किन नियुक्त गर्नुभयो?

ओलीलाई प्रचण्डको प्रश्नः लगानी बोर्डमा विवादित व्यक्ति किन नियुक्त गर्नुभयो?

नेपालखबर
साउन २०, २०७७ मंगलबार १४:१,

लगानी बोर्डमा विवादास्पद व्यक्ति नियुक्त गरेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपत्ति जनाएका छन्।

बालुवाटारमा मंगलबार भएको दुई अध्यक्षबीचको छलफलमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले यसबारे ओलीलाई प्रश्न गरेका थिए।

‘विवादास्पद भन्दाभन्दै किन सुशील भट्टलाई नियुक्त गर्नु भयो?’ प्रचण्डको प्रश्न थियो, ‘तपाईंले पार्टीमा पनि छलफल नगर्ने, जानकारी पनि नदिने अनि भटाभट विवादास्पद व्यक्तिलाई राज्यको महत्त्वपूर्ण निकायमा नियुक्त गरेर गलत गर्नुभयो।’

त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए। उनले पनि लगानी बोर्डमा प्रधानमन्त्रीले एकलौटी नियुक्ति गरेकोमा आपत्ति जनाए।

उनले पनि प्रधानमन्त्री हरेक कुरामा एकल निर्णय गर्दै अघि बढेको भन्दै पार्टीमा परामर्श नगरी काम गर्दा त्यसले समस्या निम्त्याउने बताएका थिए।

‘पार्टीमा सामूहिक रुपमा चल्ने मेकानिज्म छ,’ खनालले भने, ‘यसरी आफुखुसी गर्ने भए हामीले सल्लाह गर्नुको के अर्थ?’

आजको छलफलमा प्रचण्डले तत्काल स्थायी कमिटीको बैठक मिति तोकेर जाने प्रस्ताव गरेका थिए।

‘पार्टीभित्रको विवाद पहिला समाधान गरौं, त्यसका लागि स्थगित स्थायी कमिटीको बैठकको मिति तोकौँ,’ प्रचण्डले ओलीलाइ भने।

स्थायी कमिटीको बैठकबाट जारी गतिरोध अन्त्य गर्न खनालले पनि सुझाव दिए।

‘एउटा पार्टी कमिटीको बैठक महिना दिनभन्दा बढी होल्ड गर्नु राम्रो होइन, जे जति विवाद, असन्तुष्टि छ, त्यसलाई बैठकबाट समाधान गरौं,’ खनालले भने।

तर, प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरेका छन्।

‘अब स्थायी कमिटीबाट यो विवाद हल हुँदैन, बोलाउने भए सचिवालय बोलाएर छलफल गरौंला,’ ओलीले भने। सवा घन्टाको छलफलपछि प्रचण्डर खनाल बालुवाटारबाट बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .