भारत र चीनका कमाण्डरबीच आइतबार भएको पाँचौ चरणको वार्तामा चिनियाँ पक्ष विवादित क्षेत्र पाङगोङ सो ताल र गोग्राबाट पछाडि हट्न मानेका थिएनन्।
यतिबेला चीनले लद्दाख नजिकको सीमा क्षेत्रमा १७ हजार सेना तैनाथ गरेर राखेको खबर आएको छ। चीनले गत जुन १५ मा भारतीय सेनासँग झडप हुन अगावैदेखि उक्त क्षेत्रमा अत्याधुनिक हतियारहरु तैनाथ गरेको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रमा १७ हजार सेना तैनाथ गरेर राखेको छ भने भारतले पनि टी–९० ट्यांक सो क्षेत्रमा तैनाथ गरेको छ।
केहीदिन अगाडि मात्र लद्दाख नजिकका सीमा क्षेत्रमा थप ३५ हजार भारतीय सेना तैनाथ गर्ने खबरहरु भारतीय संचार माध्यमले प्रकाशित गरेका थिए।
हाल दुवै देशबीच जारी वार्ताले कुनै निकास दिन नसक्दा भारत र चीनबीचको विवाद साम्य नबन्ने खतरा बढेर गएको छ। एजेन्सी
प्रतिक्रिया