ad ad

राजनीति


विज्ञ र विपक्षी दलका नेतासँग प्रधानमन्त्रीको गुनासो : मेरै पार्टीका नेता कोरोना संक्रमणप्रति गम्भीर भएनन्

विज्ञ र विपक्षी दलका नेतासँग प्रधानमन्त्रीको गुनासो : मेरै पार्टीका नेता कोरोना संक्रमणप्रति गम्भीर भएनन्

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:२४,

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका छन्।

उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुने र स्वार्थका पछाडि कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन्।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन।’

Image

उनले देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिएको बताए।

प्रधानमन्त्री ओलीले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए।

विज्ञहरुले समेत सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन्। कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे। ‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्, संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ। अनेक कामहरुमा उनीहरु छन्। त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन्’, उनले भने, ड्युटीको क्रममा संक्रमित भइरखेका छन्। रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन्।’

 प्रधानमन्त्री अहिलेका वर्षाको मौसमसँगै बाढी पहिरो आएको र सरकारले थाहा पाउने बित्तिकै जोखिमका साथ रेस्कयु टिम सरकारको तर्फबाट गएको बताए। उनले सरकारले गरेका राम्रा काम बौद्धिक जगतले नदेखेको बताए। ‘काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने? त्यो रेस्कयु गएको ठाउँमा हेर्नुप¥यो सरकार छ कि छैन्’, उनले भने ‘त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन्। सरकारले जहिले पनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरु त्यहाँ खटेका छन रेस्क्यु गरेको छ। रिलिफ पुर्‍याएको छ।’

Image

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए।

बैठकपछि नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए। क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै माक्स अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उनले बताए।

शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताए। उनले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बोलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .