ad ad

राजनीति


कोरोनाबारे प्रधानमन्त्रीको परामर्श : प्रतिदिन १८ हजार पीसीआर परीक्षण गर्न सकिने जानकारी

कोरोनाबारे प्रधानमन्त्रीको परामर्श : प्रतिदिन १८ हजार पीसीआर परीक्षण गर्न सकिने जानकारी

नेपालखबर
साउन २०, २०७७ मंगलबार ७:२७,

कोरोना महामारी नियन्त्रणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको विज्ञहरुसँगको छलफलमा प्रतिदिन १८ हजारसम्मको कोरोना परीक्षण गर्न सकिने जानकारी दिइएको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजारसम्मको पीसीआर परीक्षण गर्न सकिने गरी ल्याबहरु स्थापना गरिएको जानकारी दिएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलका नेताहरु र विज्ञहरु रहेको सो बैठकमा गुरागाईंले सो तथ्यांक प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार सो बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्न आग्रह गरेका थिए।

‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध। कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध। महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न, यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बजगाईंले जानकारी दिएका छन्, ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ।’

सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने वा नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिने बताएका थिए।

बजगाईंका अनुसार देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गरी त्यसलाई कडाईका साथ लागु गर्न आग्रह गरेका थिए। ‘मुख छोपेर हिँड्ने बानी पार्नुपर्याे,’ देउवाले बैठकमा भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .