ad ad

राजनीति


बालुवाटार हिँडेका वामदेवलाई प्रचण्डले भैंसेपाटीमै रोकेपछि...

बालुवाटार हिँडेका वामदेवलाई प्रचण्डले भैंसेपाटीमै रोकेपछि...

नेपालखबर
साउन २०, २०७७ मंगलबार ७:१५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

उपाध्यक्ष गौतमलाई भेट्न मंगलबार बिहान ११ बजे प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका थिए।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको भैंसेपार्टी स्रोतले जनाएको छ।

‘उहाँहरुबीच ४० मिनेटजति पार्टीभित्र देखिएको विवाद समाधान र अन्य विषयमा कुराकानी भयो’, स्रोतले नेपालखबरसँग भन्यो।

स्रोतका अनुसार बालुवाटारको बोलावटपछि उपाध्यक्ष गौतम अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि घरबाट निस्केका थिए। सोही समयमा अध्यक्ष प्रचण्डले  उपाध्यक्ष गौतमलाई आफू भेट्न आउन लागेको जानकारी  दिएका थिए।

अध्यक्ष प्रचण्ड आाएपछि बालुवाटारका लागि निस्किसकेका गौतम पुनः निवासमा फर्किएको स्रोतले बतायो।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र विवाद समधानका लागि गरिएका प्रयासहरु पनि असफल बन्दै गएका छन्। सोही क्रममा आजै साँझ प्रधानमन्त्री ओलीलाई भेट्नुअघि प्रचण्डले उपाध्यक्ष गौतमललाई भेटका हुन्। भेटमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको स्रोतले बतायो।

 साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकतर्फि रुपमा स्थगित गरेपछि बहुमत सदस्यलाई लिएर प्रचण्डले बैठक सञ्चालन गरेका थिए।

आफूविनै बैठक सञ्चालन भएपछि प्रधानमन्त्री ओली सोही दिन साँझ उपाध्यक्ष गौतमलाई भेट्न भैंसैपाटी पुगेका थिए।

गौतमले पार्टीभित्रको विवाद समाधान गर्न ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई अधिकार सम्पन्न अध्यक्ष बनाउनुपर्ने सहितका ६ बुँदे प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई दुवै पक्षले स्वीकार गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .