ad ad

खेल


आर्मीका पूर्वगोलरक्षक मल्ल राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

आर्मीका पूर्वगोलरक्षक मल्ल राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

नेपालखबर
साउन २०, २०७७ मंगलबार ७:३८,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ललाई राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ।

एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको हो।

प्रशिक्षक मल्लले सन् २००५ देखि २०१३ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। मल्लले एएफसी लेभल १ गोलरक्षक प्रशिक्षण सर्टिफिकेट र एएफसी सी प्रशिक्षक सर्टिफिकेट कोर्ष पूरा गरेका छन्।

एन्फाले जापानी गोलरक्षक प्रशिक्षक हिरो मित्सोमारुको स्थानमा मल्ललाई जिम्मेवारी दिएको हो। मित्सोमारुले जाइकामार्फत स्वयंसेवक प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।

मल्लले फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। नेपालले घरेलु मैदानमा चाइनिज ताइपेईसँग अक्टोबर ८ मा, १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ। छनोटका सबै खेल दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .