११ घण्टायता विवादित सीमा क्षेत्रहरुबाट पछाडि हट्ने विषयमा छलफल भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिक गलवान उपत्यका झडप भएयता कमाण्डरस्तरीय वार्ता चारपटक भइसकेको छ।
झडपका क्रममा २० भारतीय सेनाले ज्यान गुमाएका थिए। चिनियाँ पक्षमा पुगेको क्षतिबारे हालसम्म केही जानकारी प्रदान गरिएको छैन।
झडप यताका वार्ताहरुमा विवादित क्षेत्रबाट दुवै देशका सेना पछाडि हट्न सहमत भएका थिए।
सहमतिअनुसार नै दुवै देशका सेनाहरु ती क्षेत्रहरुबाट पछाडि हटेको चिनियाँ पक्षको भनाइ छ तर भारतीय पक्षले भने चिनियाँ सेना अझै पछाडि नसरेको आशंका व्यक्त गरिरहेका छन्।
यसपटकको पाँचौ वैठकमा यस्तै विषयमा छलफल भइरहेको अनुमान गरिएको छ। बैठक चीनको एलएसीमा पर्ने मोल्दो क्षेत्रमा भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया