ad ad

कला


बलात्कारबिरुद्ध प्रकाश सपुतको ‘बदला बरिलै’ (भिडियो)

बलात्कारबिरुद्ध प्रकाश सपुतको ‘बदला बरिलै’ (भिडियो)

नेपालखबर
साउन १८, २०७७ आइतबार ९:४८,

गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘बोलमाया’ जस्तो कारुणिक र ‘गलबन्दी’ जस्तो चर्चित गीतका गायक सपुतको नयाँ गीत अपराध र बलात्कारजस्ता जघन्य सामाजिक अपराधको विरोधमा रहेको छ।

देवी घर्तीको स्वर रहेको गीतमा शब्द र संगीत सपुतकै रहेको छ। गीतको म्युजिक भिडयोको निर्दैशन पनि उनले नै गरेका छन्।

म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन्। गायिका बन्न हिँडेकी एक युवतीमाथि भएको बलात्कार र त्यसको बदलामा गीत र भिडियो केन्द्रित रहेको छ। म्युजिक भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल र दुई बालकलाकार समेत अभिनय रहेको छ।

भिडियोको छायांकन अनिल कृष्ण मानन्धर, सम्पादन प्रविन भट्टको सम्पादन रहेको छ।

अगस्ट १ मा सार्वजनिक भएको गीतको भिडियो २ गतेसम्ममा ५ लाखभन्दा बढीले हेरिसकेका छन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .