आफ्नो अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवालाई व्यंग्य गरेका छन्।
देउवाले बुधबार विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेता/कार्यकर्तालाई ज्येष्ठ राजनीतिक सभा सदस्यमा मनोनयन गरेका छन्।
याे पनि: देउवाले गरे ४७९ जनालाई ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन (सूचीसहित)
यसै प्रसंगमा कांग्रेसका केन्द्रीय सदस्य डा. रिजालले ट्विटर तथा फेसबुकमार्फत टिप्पणी गरेका हुन्।
‘डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङका तीनजना पर्नुभएछ,’ उनले लेखेका छन्, ‘मोरङका अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु।’
पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङ्गका तीनजना पर्नु भएछ। मोरङ्गका सबै अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु।
— Minendra Rijal (@MinendraRijal) July 29, 2020
प्रतिक्रिया