भारतीय जनता पार्टीकी सांसद जसकौर मीनाले अयोध्यामा राममन्दिर बन्नेबित्तिकै कोरोना भाइरस भारत छाडेर भाग्ने अभिव्यक्ति दिएकी छन्।
लोकसभा सदस्य मीनाको सो अभिव्यक्तिको भिडियो भाइरल बनेको छ।
उसो त कोरोना भाइरसका विषयमा सत्ताधारी दल भाजपाका नेताहरुले उट्पट्याङ अभिव्यक्ति दिएको यो पहिलो घटना होइन।
#BJP सांसद जसकौर मीणा बोलीं- राम मंदिर बनते ही देश से भाग जाएगा कोरोना
| @JaskaurBJP #RamMandir #coronavirus |
Visit our Youtube - https://t.co/hJrsvE7XHp pic.twitter.com/C4Rbvy8k2n
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले योगबाट कोरोना संक्रमण निको हुने सुझाएका थिए।
केही दिनअघि मात्र भाजपाको आसाम विधानसभा सदस्य सुमन हरिप्रियाले गोबर र गहुँतले कोरोना निको पार्ने दाबी गरेकी थिइन्। एजेन्सी
प्रतिक्रिया