ad ad

राजनीति


अपडेट : प्रचण्ड–नेपालसहित २० नेकपा नेता पुगे बालुवाटार

अपडेट : प्रचण्ड–नेपालसहित २० नेकपा नेता पुगे बालुवाटार

नेपालखबर
साउन १३, २०७७ मंगलबार ५:४९,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा आज मंगलबार ११ बजेका लागि तय भएको स्थायी समिति बैठक स्थगित गरेको सूचना जारी गरे पनि बैठक नरोकिने भन्दै २० नेता बालुवाटार पुगेका छन्।

बालुवाटार बैठक कक्षमा रहेका एक नेताका अनुसार साढे १२ बजेसम्म २० जना नेता बालुवाटार प्रवेश गरिसकेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अध्यक्ष ओली पक्षका सदस्यहरु समेत बालुवाटार पुगेका छन्।

बालुवाटारमा रहेका एक नेताका अनुसार बैठक स्थगित गरिएको सूचना समेत सबै सदस्यलाई पठाइएको छैन।

‘सबै सदस्यलाई बैठक स्थगित भएको सूचना पनि पठाइएको छैन। अहिले यहाँ आइपुग्ने स्थायी समिति सदस्यहरुको नामावली टिप्ने काम भइरहेको छ। बैठक गर्ने नै तयारी छ,’ ती नेताले भने।

यो पनि : यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

बैठक स्थगित भएको भन्ने सुनेर टोखास्थित ग्राण्डी अस्पतालतर्फ मोडिएका नेताहरुलाई फेरि बैठक बस्ने जानकारी दिइएपछि उनीहरू बालुवाटार फर्किइरहेका छन्।

देवेन्द्र पौडेल सहित केही नेताहरु नेकपा नेता चक्रपाणी खनालका छोरालाइ उपचार गर्न राखिएको ग्राण्डी अस्पताल पुगेका थिए।

अस्पतालतर्फ मोडिएका स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, खनाल र हरिबोल गजुरेललाई पछि बैठक बस्ने भनी खबर पुगेको हो।

‘उहाँहरु फेरि बालुवाटारतर्फ फर्कने क्रममा हुनुहुन्छ,’ एक नेताले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजेका लागि तय भएको बैठक सुरु हुने समयभन्दा आधाघन्टा अघि स्थगित भएको जानकारी सार्वजनिक गरेका थिए।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ उनले भनेका छन्।

याे पनि: 
हामी बालुवाटारको बैठक कक्षमै छौं, एकतर्फी बैठक स्थगित हुँदैनः प्रवक्ता श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .