ad ad

राजनीति


लकडाउनमा भारतीय राष्ट्रपतिको भान्सामा पाक्थ्यो भोका नागरिकलाई खाना

लकडाउनमा भारतीय राष्ट्रपतिको भान्सामा पाक्थ्यो भोका नागरिकलाई खाना

नेपालखबर
साउन १०, २०७७ शनिबार ९:२१,

केही महिनादेखि भारत कोभिड–१९ को चपेटामा परेपछि त्यहाँका राष्ट्रपति रामनाथ कोविन्द र प्रथम महिला सविताले पनि आफ्ना गतिबिधि त्यसैतर्फ उन्मुख गराएका छन्।

राष्ट्रपति भवनमा तीन वर्ष पूरा गर्न लागेका कोविन्दले आफ्नो पदीय प्रोटोकल (कार्यबिधि) को आवश्यकता समेत परिवर्तन गर्नुपरेको छ।

उनले कुनै हल्लाखल्लाबिना अन्य गतिबिधिमा पनि आफ्नै हिसाबले परिवर्तन गरेका छन्।

सर्वसाधारण कोभिडको मारमा परेपछि राष्ट्रपति कोविन्दको परिवारले निरिह व्यक्तिहरुलाई राहत पुग्ने गतिबिधि गर्न थाल्यो।

देशव्यापी लकडाउन सुरु भएपछि प्रथम महिला सवितासहित कोविन्द परिवारले उनीहरुको नीजि भान्सामा दैनिक १५० जना मानिसलाई खाना तयार गरी नजिकैको गुरद्वारामा लगेर भोकै रहेकाहरुलाई खुवाउने काम गर्यो, जसको भारतभर प्रशंसा भएको छ।

कोविन्द परिवारले कम्तिमा ८ देखि १० हप्तासम्म यसरी खाना खुवाउने काम गरेको थियो। नजिकैको गुरद्वाराले खान नपाएकालाई निशुल्क खुवाउन सुरु गरेको सामुदायिक भान्छाको अभियानसँगै जोडिएर राष्ट्रपति कार्यालयले त्यो काम जारी राखेको थियो। बाहिर कुनै हल्ला नगरी यो काम गरिएको थियो।

राष्ट्रपति कोविन्दले आफ्नो नियमित तलबको ३० प्रतिशत कोभिड–१९ का लागि प्रधानमन्त्री राहतकोषमा दिँदै आएका छन्।

त्यसैगरी, राष्ट्रपति भवनमा गरिएको कोभिड–१९ सचेतना कार्यक्रममा प्रथम महिला सविताले आफ्नो सिलाई मेशिनमा बसेर कपडाका मास्कहरु सिलाएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .