ad ad

राजनीति


विवादित क्षेत्र गलवान उपत्यका, हट स्प्रिंग्स र गोग्राबाट पछाडि हट्यो चिनियाँ सेना

विवादित क्षेत्र गलवान उपत्यका, हट स्प्रिंग्स र गोग्राबाट पछाडि हट्यो चिनियाँ सेना

नेपालखबर
असार २२, २०७७ सोमबार ९:३९,

सीमा विवाद कम गर्ने प्रक्रिया सोमबारबाट सुरु भएको र चिनियाँ सेनाहरु उक्त क्षेत्रबाट पछाडि हट्न थालेको बीबीसीहिन्दीले जनाएको छ।

यद्यपी तनाव कम गर्ने प्रक्रिया सीमित स्तरमा मात्र भएको बताइएको छ। अधिकारीहरुलाई उदृत गर्दै बीबीसीहिन्दीले दिएको जानकारी अनुसार विवादित क्षेत्र पाङगोङको बारेमा केही उल्लेख गरिएको छैन।

हाल दुवै सेनाले लगाएका पाल र अन्य अस्थायी ढाँचाहरु हटाउने प्रक्रिया सुरु भएको छ। गत जुन ३० मा भएको कमाण्डरस्तरको वार्तापछि तनाव कम गर्ने सहमतिअनुसार दुवै तर्फका सेनाहरु विवादित क्षेत्रबाट पछाडि फर्किएको बताइएको छ।

Chinese Army removing tents, seen withdrawing troops from Galwan ...

एनडीटीभीका अनुसार गलवान उपत्यकाको जुन स्थानमा गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो सो स्थानबाट चिनियाँ सेना एक किलोमिटर पछाडि हटेका छन्।

उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सेना पनि उक्त क्षेत्रबाट पछाडि हटेका छन् र सिमानामा मध्यवर्ती क्षेत्र निर्माण गरिएको छ। एजेन्सी

Galwan Valley: 10 Indian soldiers reportedly released by China

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .