ad ad

राजनीति


सांसद छन्त्यालको निधनमा दुवै सदनद्वारा शोक प्रस्ताव पारित

सांसद छन्त्यालको निधनमा दुवै सदनद्वारा शोक प्रस्ताव पारित

नेपालखबर
असार १७, २०७७ बुधबार ८:५१,

प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार अपराह्न १ बजे बस्नेछ।

यस्तै, राष्ट्रियसभाको बैठकले सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। स्व छन्त्यालप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारणसमेत गरिएको थियो। बैठकले छन्त्यालको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते दिउँसो १ बजे पुनः बस्नेछ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद रहेकी छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो। उनी विसं २०७४ को निर्वाचनमा बाग्लुङ क्षेत्र नं ३ बाट समानुपातिक सांसद थिइन्। यसअघि उनी संविधानसभा सदस्य पनि थिइन्।

सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .