नेकपाको दोस्रो दिनको स्थायी समिति बैठकमा भारत र चीनसँगको सीमा समस्याबारे छलफल भएको छ।
सो विषयमा १८ जना नेताहरुले आफ्ना धारणा राखेका थिए।
कुटनीतिक पहल गरी भारतसँग वार्ता गरेर समस्या समाधान गर्ने तयारी गरेपनि भारतले वार्ता गर्न चासो नदेखाएको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्रिफिङ गराएका थिए।
चीनसँगको सीमा समस्याबारे भने बाहिर चर्चा भएजस्तो चीनले भूमि मिचेको कुरा सत्य नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘चीनले भूमि मिचेको छैन,’ उनले भने।
छलफलमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पम्फा भुसाल, भीम रावल, भीम आचार्य, गणेश शाह, केशव बडाल लगायतका नेताहरुले बोलेका थिए।
याे पनि: भारतको अनिच्छाका कारण वार्ता हुन सकेन : परराष्ट्रमन्त्री
प्रतिक्रिया