ad ad

राजनीति


जंगी अड्डामा पृतना सम्मेलन शुरु

जंगी अड्डामा पृतना सम्मेलन शुरु

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:३,

मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि पृतनापति सम्मेलन शुरु भएको छ।

उक्त सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ।

सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लाञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ। सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ।

मुलुकको प्रमुख सुरक्षा अंगका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ। सेनाले प्रत्येक ६/६ महिनामा पृतना सम्मेलन गर्दैआएको छ। यो सम्मेलन आइतबार सकिनेछ।

सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पुर्‍याउने कार्य भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .