डिसहोममा ‘डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन्।
गत जेठ ३० गते देखि असार ४ गते सम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नं १००, सोकेश २ च्यानल नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्।
योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु एक लख नगद प्राप्त गर्छन्। यो योजना अन्तर्गत आज भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको केस आइड नं ०२५१८९१४०५१ र ०२५५८२२१७९३४ बिजेता बन्न सफल भएका छन्।
आगामी लाइभ लक्की ड्र असार १२ गते शुक्रबार साँझ ५ बजे सोकेश च्यानल नं १०० सोकेश २ च्यानल नं १०१ र रमाईलो टिभीमा हुने जानकारी गराइएको छ। आजदेखि असार ११ गते बिहिबारसम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवा बाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई असार १२ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ।
फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।
प्रतिक्रिया