ad ad

राजनीति


चिनियाँ नेताहरुसँग प्रचण्डले भने : सुरक्षा गठबन्धनसँग जोडिने कुनै सहयोग लिँदैनौं

चिनियाँ नेताहरुसँग प्रचण्डले भने : सुरक्षा गठबन्धनसँग जोडिने कुनै सहयोग लिँदैनौं

नेपालखबर
असार ५, २०७७ शुक्रबार १०:२४,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले आफ्नो विकासका लागि अरु कुनै देशसँग आर्थिक सहायता लिँदा कुनै सैन्य गठबन्धनसँग जोडिएमा त्यस्तो सहयोग नलिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शुक्रबार भएको भर्चुअल अन्तरक्रियालाई संवोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन्।

उनले त्यस्तो सहयोग नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको भए स्वीकार नगर्ने बताए।

नेपालले असंलग्न नीतिलाई अंगिकार गर्दै आएको उल्लेख गर्दै मित्रवत् राष्ट्रहरुबाट नेपालको विकासमा दिइने सहयोगले नेपालको सार्वभौम स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गर्ने भए मात्र स्वीकार गरिने बताए।

‘नेपाल कम्युनिष्ट पार्टी आफ्नो परराष्ट्र नीति संचालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत छ,’ उनले जोड दिएर भनेका छन्।

उनले ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटि नेटवर्कको विषयमा विकासको पथ समाउँदै हिमालयको वारपार एउटा साझा भविष्यसहितको समुदाय विकास गर्न सकिने बताएका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् अमेरिकाको सहयोग स्वीकार्ने की नस्वीकार्ने भन्ने विवाद सत्तारुढ दल नेकपाभित्र चर्किरहेका बेला पार्टीका अध्यक्ष प्रचण्डबाट सो धारणा आएको हो।

नेकपाका केहि नेताहरुले अमेरिकी सहयोग एमसीसी उसको इन्डोप्यासिफिक अलायन्स (आईपीएस) सँग जोडिएको हुँदा त्यसमार्फत् आउने सहयोग स्वीकार्न नहुने भनी विरोध भएपछि सो सम्झौता संसदबाट अनुमोदन हुन सकेको छैन।

नेकपाभित्र प्रचण्ड लगायत केहि नेताहरु एमसीसीका केहि प्रावधान परिमार्जन नगरेसम्म सो सहयोग स्वीकार्नै नहुने अडानमा छन् भने प्रधानमन्त्री लगायत अरु नेताहरु यसलाई अनुमोदन गरी अघि बढ्न जोड दिइरहेको छन्।

याे पनि: नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो अन्तर्क्रिया सुरु

लौ अमेरिकी सेना आउने भो, के पढ्छन् अचम्म लाग्छः प्रधानमन्त्री (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .