ad ad

राजनीति


चीनसँगको सीमा विवादबारे छलफल गर्न मोदीले बोलाएको सर्वदलीय बैठकमा २० दल सहभागी हुने

चीनसँगको सीमा विवादबारे छलफल गर्न मोदीले बोलाएको सर्वदलीय बैठकमा २० दल सहभागी हुने

नेपालखबर
असार ५, २०७७ शुक्रबार १०:१०,

भारतमा चीनसँगको विवादका विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ।

 बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने प्रधानमन्त्री मोदी निकट श्रोतले जनाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दलगायत पनि बैठकमा सहभागी हुने भएका छन्।

श्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीको सिफारिसमा भाजपाका पूर्व अध्यक्ष सिंहले बिहीबार पार्टीका नेताहरुलाई निमन्त्रणा गरेका थिए।

राष्ट्रियतासँग सम्बन्धित संवेदनशील र महत्वपूर्ण विषयमा पनि सरकारले पर्याप्त चासो र सक्रियता नदेखाएको र अन्य पार्टीहरुसँग छलफल तथा सहकार्य गर्न नखोजेको भन्दै आलोचनापछि उक्त बैठक आयोजन हुन लागेको छ।

विषेश गरी आम आद्मी पार्टी, आरजेडीलगायतका पार्टीले दबाव दिएपछि सर्वदलिय बैठक बस्न लागेको समाचारमा जनाइएको छ। यही जुन १५ देखि १६ तारिख सम्ममा लद्दाखस्थित गलवान भ्यालीमा दुई देशका सैनिकहरुका बीचमा झडप भएको र भारततर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो।

सो झडपका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता भने नभएको पनि भारतीय सेनाले स्पष्ट पारेको छ। रासस÷एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .