ad ad

राजनीति


भारत–चीन भिडन्तलाई लिएर मोदीलाई राहुलको प्रश्न : किन मौन?, किन लुकेको?

भारत–चीन भिडन्तलाई लिएर मोदीलाई राहुलको प्रश्न : किन मौन?, किन लुकेको?

नेपालखबर
असार ३, २०७७ बुधबार ६:४६,

लद्दाखमा भारत–चीन भिडन्तलाई लिएर कांग्रेस आईका पूर्वाध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको मौनतामाथि प्रश्न उठाएका छन्।

सोमबार राति लद्दाखको गलवानी क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु हुँदा पनि मौन बसेको भन्दै राहुलले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन्। उनले कसरी सो भिडन्त हुन पुग्यो भन्ने जानकारी दिन समेत माग गरेका छन्।

‘प्रधानमन्त्री किन मौन? उनी लुकेका छन् कि क्या हो? अब धेरै भइसक्यो, त्यहाँ के भएको हो हामीलाई जानकारी चाहियो’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा गान्धीले लेखेका छन्।

उनले भारतीय सैनिकको हत्या गर्ने र भारतीय भूमि कब्जा गर्ने हिम्मत कसरी भयो भनि प्रश्न गरेका छन्।

‘चीनले कसरी हाम्रा सैनिकहरूलाई मार्ने हिम्मत कसरी गर्‍यो, उनीहरुले हाम्रो भूमि कब्जा गर्न कसरी हिम्मत गरे?’ राहुलको प्रश्न छ।

 भारतीय सेनाले मंगलबार राति २० जना सैनिकको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो। साथै उसले भारत र चीनका सेनाबीच झडप बन्द भएको जनाउ पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .