ad ad

कारोबार


विवादित ट्रंक लाइन र डेडिकेटेड खारेज गर्दै नयाँ महशुल दर तोकियो

विवादित ट्रंक लाइन र डेडिकेटेड खारेज गर्दै नयाँ महशुल दर तोकियो

नेपालखबर
असार ३, २०७७ बुधबार ६:१९,

उद्योग क्षेत्रमा विवादित बनेको ट्रंक लाइन र डेडिकेटेड लाइन खारेज गर्दै विद्युत् नियमन आयोगले नयाँ महशुल दर तोकेको छ।

नेपाल विद्युत् प्राधिकरण गरेको प्रस्तावमा आयोगले नयाँ महशुल दर तोकेको हो।

आयोगले यही असारदेखि नै लागू हुने गरी नयाँ दर निर्धारण गरेको जानकारी गराएको छ।

बजेट भाषणमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिने भनिएकोमा आयोगले त्यसलाई सदर गर्ने लागू गरेको छ।

नयाँ महशुल दरमा ५ एम्पियरको लाइन जोड्नेले डिमान्ड शुल्कबाहेक अरु तिर्नु नपर्ने उल्लेख छ। ५ एम्पियरका डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ।

यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्यूनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ। ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमान्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनिट ६ रुपैयाँ तोकिएको आयोगले निर्धारण गरेको महशुल दरमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .