फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२० मा हुने राजनीतिक विज्ञापन आफ्नो फेसबुकमा हेर्न मन नलागे त्यस्ता विज्ञापनलाई टर्न अफ गरेर आफ्नोमा आउन नमिल्ने बनाउन सकिने बताएका हुन्।
फेसबुकमा राजनीतिक विज्ञापनले गलत सूचना सम्प्रेषण गर्ने आरोपबीच जुकरबर्गले नयाँ फिचर ल्याउन लागेको बताए। जसले गर्दा राजनीतिक विज्ञापनलाई प्रयोगकर्ताले बहिष्कार गर्न सक्छन्।
जुकरबर्गले भनेका छन्,‘हामी राजनीतिक विज्ञापन टर्न अफ गर्ने फिचर ल्याउँदैछौं।’
फेसबुक र यसको मातहतमा रहेको इन्स्टाग्राममा राजनीतिक विज्ञापनलाई सेटिंग्समा गएर टर्न अफ गर्न सकिने बताइएको छ।
आगामी केहीहप्तामै अमेरिकी प्रयोगकर्ताले यो सुविधा पाउनेछन्। एजेन्सी
प्रतिक्रिया