लद्दाखमा चिनियाँ सेनासँगको झडपमा ज्यान गुमाउने तीन भारतीय सैनिकमध्ये दुईको परिचय खुलेको छ।
मारिएका उच्च अधिकारी तेलंगना राज्यका कर्णेल सन्तोष बाबु छन्।
उनी चीनको सीमा क्षेत्रमा गत डेढ वर्षदेखि तैनाथ थिए।
१६ बिहार रेजिमेन्टका सन्तोषको परिवारमा पत्नी र दुई छोरा छन्। सोमबार दिउँसो भारतीय सेनाले छोराको मृत्यु भएको खबर दिएको उनकी आमाले बताएकी छन्।
त्यस्तै, तमिलनाडुकै ४० वर्षीय सैनिक जवान पलनीको पनि मृत्यु भएको छ। उनी २२ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए।
बीबीसी हिन्दीका अनुसार पलनीका भाइ पनि सेनामै कार्यरत छन्। उनले गएराती सेनाका कर्मचारीले आफूलाई फोन गरेर लद्दाखमा भएको झडपमा आफ्ना दाजुको मृत्यु भएको जानकारी दिएको बताएका छन्।
तामिलनाडुका मुख्य मन्त्री ई.के. पलनीसामीले आफ्नो राज्यका जवानको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन्।
अर्का जवानको भने परिचय खुलेको छैन।
प्रतिक्रिया