ad ad

राजनीति


चीनले समझदारी उल्लंघन गर्दा झडप भयोः भारतीय विदेश मन्त्रालय

चीनले समझदारी उल्लंघन गर्दा झडप भयोः भारतीय विदेश मन्त्रालय

नेपालखबर
असार २, २०७७ मंगलबार १४:४४,

लद्दाखमा चिनियाँ सेनासँग भएको झडपबारे भारतीय विदेशमन्त्रालयले मुख खोलेको छ।

चिनियाँ पक्षले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन गर्न खोज्दा झडप भएको मन्त्रालयका प्रवक्ताले आरोप लगाएका छन्।

चिनियाँ पक्षले सम्झौता उल्लंघन गरेको र त्यसबाट दुवै पक्षमा क्षति पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले एक वक्तव्य जारी गर्दै बताएका छन्।

आफ्नो सबै क्रियाकलाप लाइन अफ एक्चुअल कन्ट्रोलभित्र भएको दाबी गर्दै भारतले चीनले पनि त्यसै गर्ने अपेक्षा व्यक्त गरेको छ।

‘हामी सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवादबाट हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त छौँ,’ मन्त्रालयले भनेको छ, ‘तर, त्यही समयमा हामी भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौँ।’

सोमबार लद्दाखमा दुई मुलुकका सेनाबीच झडप हुँदा कम्तीमा ३ भारतीय सैनिक मारिएका थिए।

मंगलबार चिनियाँ सेना तथा विदेश मन्त्रालयले भारतीय पक्षले समझदारी पालना नगरी आफूहरुलाई उत्तेजित पारेको वक्तव्य दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .