चिनियाँ सेनाले सीमामा आफूहरुलाई उत्तेजित नपार्न भारतीय सेनालाई चेतावनी दिएको छ।
सोमबार गलवान उपत्यकामा भारतीय फौजले सीमा नाघेर आफूमाथि आक्रमण गरेको मंगलबार चिनियाँ सेनाका एक प्रवक्ताले आरोप लगाएका छन्। सो स्थानमा सोमबार राति भएको झडपमा एक कर्णेलसहित तीन जना भारतीय सैनिकको ज्यान गएको थियो।
‘गलवान उपत्यका जहिले पनि चीनको अधीनमा रहन्छ। सीमामा खटिएको भारतीय फौजले दुवै देशबीच भएको समझदारीको गम्भीर उल्लंघन गरेको छ,’ भारतसँगको सीमा हेर्ने चिनियाँ सेनाको पश्चिम थिएटर कमान्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भने।
‘भारतले यस्ता उत्तेजक गतिविधि बन्द गर्नुपर्छ। बीचमा बसेर चिनियाँ पक्षसँग वार्ता गरी विवाद समाधानको सही बाटोमा फर्किनुपर्छ,’ झाङले थपे। एजेन्सी
यो पनि:
3
Shares
प्रतिक्रिया