जनता समाजवादी दलले सांसद सरिता गिरीको घरमा कालो झण्डा गाड्नेमाथि कारबाहीको माग गरेको छ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी सो पार्टीले ‘गिरीको घरमा केही उच्छृंखल तत्वहरुले ढुंगा हान्ने, गालीगलौज गर्ने र उनको घर अगाडि कालो झण्डा गाड्ने लगायतका अशोभनीय तथा समाज नियम र मर्यादा विपरित कार्य गरेको’ बताएको छ।
सांसद गिरीको घर अगाडि बुधबार साँझ युवाहरुको एक समूहले कालो झण्डा गाढेको थियो।
सरकारले लिम्पियाधुरा सहितका अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै आएकी गिरीले निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक खारेजीको माग गर्दै संसदमा प्रस्ताव दर्ता गराएकी छन्।
सांसद सरिता गिरीको घरमा कालो झण्डा राख्दै युवाले गरे नाराबाजी
3
Shares
प्रतिक्रिया