ad ad

राजनीति


रुकुम हत्याकाण्डको छानविन गर्न नेकपा नेताको संयोजकत्वमा संसदीय समिति गठन

रुकुम हत्याकाण्डको छानविन गर्न नेकपा नेताको संयोजकत्वमा संसदीय समिति गठन

नेपालखबर
जेठ २६, २०७७ सोमबार १२:५८,

रुकुममा अन्तरजातीय विवाहसम्बन्धी विवादका कारण ६ जना युवा मारिएको घट्ना छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो।

समितिका अन्य सदस्यहरुमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेको संसद सचिवालयले जनाएको छ।

सो समितिको कार्यअवधि कार्य प्रारम्भ भएको मितिले ३० दिन हुनेछ।

सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरी लागु गर्न सक्ने संसद सचिवालयले जनाएको छ।

समितिले आवश्यक देखेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण गर्न सक्ने र समितिको अन्य कार्यबिधि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम हुने संसदले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .