श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले अवकास पाएका छन्।
३८ वर्ष १० महिना २० दिन निजामती सेवाका विभिन्न पदमा रही काम गरेका केसीले आइतबारदेखि अनिवार्य अवकास पाएका हुन्। उनलाई आज श्रम मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले बिदाई गरेका छन्।
२०७६ भदौ २ गते श्रम मन्त्रालयमा सचिवको रुपमा सेवा थालेका केसी यसअघि राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, तत्कालीन सामान्य प्रशासन मन्त्रालय एवं स्थानीय विकास मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका थिए।
3
Shares
प्रतिक्रिया