अमेरिकमा र रुस दुवै राष्ट्रसंघ सुरक्षा परिषदका सदस्य हुन्।
एक महिना अगाडि मात्र राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरस ‘कोभिड १९’को प्रकोप नियन्त्रण गर्न सबै देश एक हुनुपर्ने बताउँदै युद्धग्रस्त क्षेत्रमा युद्धविराम गरिनुपर्ने बताएका थिए।
अमेरिकी समर्थक राष्ट्र बेलायत, फ्रान्स, जर्मनीजस्ता मुलुकले पनि गुटेरेसको भनाइमा सहमति जनाएका छन्।
यद्यपी अमेरिका र रुस यस योजनाले खुशी छैनन्। ह्वाइट हाउस, पेन्टागन, अमेरिकी राज्य विभागबाट यस विषयमा असन्तुष्टी व्यक्त भएको छ।
अमेरिकाले इराकमा आफ्ना सेनाहरु तैनाथ गरेको छ। अमेरिकी सेनाले त्यहाँ आइएस समूहविरुद्ध कारवाही गरिरहेका छन्।
यस्तै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना सेनाहरु सिरियामा खटाएका छन्। सिरियाली सरकारलाई सहयोग गर्न र विद्रोहीमाथि कारवाही गर्न रुसी सेनाले त्यहाँ सहयोग गर्दै आएको छ।
विश्वव्यापी रुपमा युद्धविराम भए रुस र अमेरिका दुवैैले थालेको र ठानेको आतंकवादविरुद्धको प्रयत्नमा बाधा पुग्नेछ। विश्लेषकहरुका अनुसार अमेरिका र रुस आफ्नो काममा बाधा नपुगोस् भन्ने चाहन्छन्।
यस्तै आफ्नो प्रयास सीमित हुने डरका कारण पनि रुस र अमेरिकाले राष्ट्रसंघको योजना नमान्ने बताइएको छ।
गत जनवरीमा अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीलाई आतंकवादीको संज्ञा दिँदै ड्रोन आक्रमण गरेको थियो।
उक्त आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो। त्यसबेला आइएसका नेता अल बगदादीको पनि अमेरिकी आक्रमणमा मृत्यु भएको बताउँदै ट्रम्पले अमेरिका इतिहासमै शक्तिशाली बनेको बताएका थिए।
उनले अमेरिकाले अत्याधुनिक हतियारहरुमा ठूलो लगानी गरेको दाबी गरेका थिए। आतंकवादीलाई परास्त गरेरै छाड्ने ट्रम्पको भनाइ छ। द गार्जिएन
प्रतिक्रिया